दफा १९
प्राधिकरणको कोष

१९.१ प्राधिकरणको एउटा छुट्टै कोष हुनेछ । सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
१९.१.१ नेपाल सरकारबाट प्राप्त अनुदान,
१९.१.२ नेपाल सरकार मार्फत कुनै अन्तर्राष्ट्रिय वा विदेशी संस्थाबाट प्राप्त रकम,
१९.१.३ प्राधिकरणको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,
१९.१.४ प्राधिकरणलाई प्राप्त अन्य कुनै रकम ।
१९.२ प्राधिकरणको सबै रकम प्राधिकरणको नाममा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंकमा जम्मा गरिनेछ ।
१९.३ प्राधिकरणको तर्फबाट गर्नुपर्ने सम्पूर्ण खर्चहरू उपदफा १९.१ बमोजिमको कोषबाट व्यहोरिनेछ ।
१९.४ प्राधिकरणको खाता सञ्चालन तोकिएबमोजिम हुनेछ ।